भक्तपुरमा आफ्नै स्कुलको बसले ठक्कर दिँदा ६ वर्षीया छात्राको मृत्यु

काठमाडौं । भक्तपुरमा स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु भएको छ। हिजो शुक्रबार अक्सफोर्ड प्राक्टिकल स्कुलको बा२क ९९११ नं को बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुलबाट घर फर्कने क्रममा बसबाट ओर्लिएलगत्तै बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। बालिकालाई डा इवामुरा अस्पताल लगिएको र अस्पतालले मृत घोषणा गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर