नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै एक करोड

काठमाडौं । नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै एक करोड रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणनाअन्तर्गत बालबालिकासँग सम्बन्धित तथ्यांक शुक्रबार सार्वजनिक गरेको छ । जसअनुसार देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) रहेको देखिएको छ । यो कुल जनसंख्याको ३३.८ प्रतिशत हिस्सा हो ।

जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७९ जना रहेको छ । बालबालिकामध्ये बालकको संख्या धेरै देखिएको छ । कुल जनसंख्यामा भने पुरुषको तुलनामा महिला धेरै छन् । कार्यालयका अनुसार देशभर रहेको बालबालिको संख्यामध्ये बालक ५१।८ प्रतिशत र बालिका ४.२ प्रतिशत रहेका देखिन्छ ।

कुल जनसंख्यामा भने पुरुषको तुलनामा महिलाको जनसंख्या ६.५ लाखले धेरै देखिएको छ । बालबालिकाको मात्र हिसाब गर्दा बालकभन्दा बालिका ३.६ लाख कम छन् । १० देखि १४ वर्षसम्मका बालबालिकाको संख्या अधिक देखिएको छ । यस वर्गमा कुल बालबालिकाको २९.५ प्रतिशत हिस्सा देखिन्छ । त्यसपछि क्रमशः ५ देखि ९, ४ वर्षभन्दा कम र १५ देखि १७ वर्षसम्मका बालबालिका देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर