३० औं विश्व आदिवासी दिवसको अवसरमा झाँकी प्रदर्शन

काठमाडौं । ३० औं विश्व आदिवासी दिवस आज शुक्रबार मनाइएको छ । नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौंमा झाँकीसहितको र्‍याली निकालिएको थियो । मगर, थारु, नेवार, तामाङ, राई र लिम्बूलगायत जातीय प्रतिनिधिहरु परम्परागत पोशाकमा सजिएर र्‍याली निकालेका थिए । भृकुटीमण्डपबाट निकालिएको र्‍याली कमलादीस्थित प्रज्ञा भवनमा पुगेर मूल समारोहमा परिणत भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर