सिरियामा ट्रक बम विस्फोटबाट १० जना मृत्यु

काठमाडौं । उत्तरी सिरियाको विद्रोही नियन्त्रित शहर अजाजमा विद्रोहीको चेकपोस्टमा भएको ट्रक बम विस्फोटमा १० जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सकाअनुसार मृतकमध्ये कम्तीमा चार जना टर्की समर्थित सिरियन नेशनल आर्मीका सदस्य रहेको बताइएको छ ।

कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेसले विस्फोटपछि विस्फोट स्थलमा बम आक्रमण गरेको थियो । बम विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । सिरियाको अलेप्पो प्रान्तमा अवस्थित अजाज सिरियाली सरकारविरुद्ध विद्रोहीको नियन्त्रणमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर