कुपन्डोलमा आगलागी, १३ वटा सवारीसाधन नष्ट

ललितपुर । ललितपुरको कुपन्डोलमा सोमबार बिहान आगलागी हुँदा लाखौँ रकमको क्षति भएको छ । बिहान ३ः४० बजे एक्कासि आगो लागेसँगै ६ वटा विद्युतीय गाडी, ३ वटा मोटरसाइकल, एउटा भ्यान र तीन वटा स्कुटर गरी १३ वटा सवारीसाधन जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन । तत्कालै दमकल पुगेपछि आगोलाई नियन्त्रणमा लिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर