भलिबलमा भारतसँग नेपाल पराजित

काठमाडौं । नेपालमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले उपविजेतामै चित्त बुझाउनु परेको छ । आज साँझ सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई तीन–दुई सेटले पराजित गर्दै उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो भने दोस्रो सेट भारतले २५–१४ ले जित्यो । तेस्रो सेट नेपालले २५–२२ अंकले आफ्नो पक्षमा पार्दा चौथो सेट भारतले २५–२१ ले जित्यो । र, अन्तिम पाँचौ सेट भारतले नेपाललाई १५–५ ले जितेसँग उपाधि माथि कब्जा जमाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर