राष्ट्रिसभामा क्यान्टोनमेन्ट काण्डबारे छानविन गर्न माग

काठमाडौं । राष्ट्रियसभा सदस्य दीपा गुरुङले क्यान्टोनमेन्ट काण्ड (माओवादी लडाका शिविर) बारे छानबिन गर्न माग गरेकी छन् । सदस्य गुरुङले लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको उल्लेख गरिन् । उनले क्यान्टोनमेन्टको काण्डलाई न्यायसङ्गत रूपमा छानबिन गर्न आग्रह गरिन् ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा उनले भनिन् ‘‘धेरै लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको छ, त्यसको छानबिन गर्न जरुरी छ । धेरै लामो समयदेखि उठेको काण्डअन्तर्गत क्यान्टोनमेन्टको काण्ड पनि उठेको छ, यसलाई न्यायसङ्गत रूपमा कानुनी तवरबाट बाहिर ल्याउन जरुरी छ ।’’

 

त्यस्तै, राष्ट्रियसभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरे । उनले भ्रष्टाचारविरुद्ध कडा प्रतिरोध सुरु गर्न पनि आग्रह गरे । उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै सुविधा कटौती गर्न माग गरे।

 

उनले भने । ‘‘हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पत्ति छानबिन गरियोस्, भ्रष्टाचारविरुद्ध कडा प्रतिरोध सुरु गरियोस्, सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गरियोस् । आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै कटौती गरियोस् ।’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर