पहिरोले वराह क्षेत्र मन्दिर जाने सडक अवरुद्ध

काठमाडौं । वराह क्षेत्र मन्दिर जाने सडकमा बुधबार बिहान पहिरो गएपछि बाटो अवरुद्ध भएको छ । १७ नम्बर भिरबाट पहिरो गएपछि बाटो अवरुद्ध भएको हो । वराहक्षेत्र नगरको वडा नम्बर १ क्षेत्रमा रहेकोे १७ नम्बर भिरबाट पहिरो खसेर सडक अवरुद्ध भएको वराह क्षेत्र वडा नम्बर १ का जनप्रतिनिधि कुमार भट्टराइले जानकारी दिए । वराह भगवानको उत्पत्ति भएको दिनको अवसरमा वराहक्षेत्र मन्दिरमा वराह भगवानको विशेष पूजा अर्चना गर्न आउने भक्तजनहरु पहिरोले बाटो अवरुद्ध भएपछि फर्किएका छन् ।

१७ नम्बर भिरमा मङ्गलबार राति वर्षा भएपछि पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । सडकलाई पन्छाउने काम सुरु भइरहेको जनाइएको । १५ मिटर सडकमा पहिरो खस्दा आवतजावत बन्द भएको छ । कलिलो चुरे पहाड भएकाले सामान्य पानी पर्दा पनि पहिरो जाने गरेको बताइन्छ । वर्षा लागेसँगै उक्त चतरा वराहक्षेत्र सडक खण्डमा १२ पटक पहिरो गइसकेको छ । सडक खण्डको कोशी पुलदेखि १७ नम्बर क्षेत्रमा बढी पहिरो जाने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर