कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ। बैठक पार्टी कार्यालय सानेपामा बैठक दिउँसो २ बजे शुरु हुनेछ।

बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुने बताइएको छ। बैठकले उपसभापति र महामन्त्रीद्वयका राजनीतिक, सांगठनिक र समसामयिक प्रस्तावलाई संशोधनसहित पारित गर्ने सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

त्यसैगरी पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनबारे पनि केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने तय भएको छ। सरकार सञ्चालनसँगै पार्टीलाई तल्लो तहसम्म लग्न केन्द्रीय कार्यसमिति बैठक केन्द्रित हुने परियारले बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर