कोशी र सुदूरपश्चिममा आज अति भारी वर्षाको सम्भावना

काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ । हाल  देशभर साधारणतया बदली रहेको छ।  कोशी, मधेश, बागमती,  कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का  देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका थोरै साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको संभावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यसैबीच मौसम पूर्वानुमान महाशाखाले बितेका २४ घण्टामा काठमाडौँमा ७३ मिलीमिटर वर्षा मापन गरिएको बताएको छ । विभागका अनुसार सबैभन्दा बढी धरानमा एक सय चार मिलीमिटर वर्षा भएको छ भने ओखलढुङ्गामा ८५, विराटनगरमा ८०, जनकपुरमा ७४, जिरीमा ४६, पोखरामा ३०, भैरहवामा २६, पोखरा र सिमरामा २१ मिलीमिटर वर्षा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर