डेंगु संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकका अनुसार डेंगुबाट एकजनाको मृत्यु भएको पुष्टि भइसकेको छ। अन्य रोगसमेत भएको व्यक्तिको डेंगु संक्रमणपछि मृत्यु भएको महाशाखाले जनाएको हो।
महाशाखाको एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार तनहुँका ५० वर्षीय एक व्यक्तिको डेंगु संक्रमणपछि मृत्यु भएको हो। गत जनावरीदेखि हालसम्म ७३ जिल्लाका २ हजार ३६५ जनामा डेंगु पोजिटिभ देखिएको महाशाखाले जनाएको छ।
प्रतिक्रिया