चीन–क्यानाडाबीच कूटनीतिज्ञ निष्काशन प्रतिस्पर्धा

काठमाडौं । क्यानाडाको जस्टिन टुडो सरकारले चिनियाँ कूटनीतिज्ञलाई निष्काशन गरेपछि चीनले पनि बदला लिएको छ। चीनले सांघाईस्थित महावाणिज्य दूतावासमा तैनाथ महावाणिज्यदूतलाई मे १३ भित्र देश छाड्न निर्देशन दिएको छ । उल्लेखनीय कुरा के छ भने, एक दिन अघि क्यानाडाले आफ्ना एक सांसदलाई धम्की दिएको आरोपमा चिनियाँ कूटनीतिज्ञलाई निष्काशन गरेको थियो।

क्यानडाले गुप्तचर रिपोर्टपछि चिनियाँ कूटनीतिज्ञ झाओ वेईलाई देश छाड्न निर्देशन दिएको थियो। चिनियाँ कूटनीतिज्ञमाथि राजनीतिक हस्तक्षेप र क्यानाडाका सांसदलाई निशाना बनाउने प्रयास गरेको आरोप लागेको थियो। यद्यपि चीनले कुनै पनि हस्तक्षेप अस्वीकार गरेको छ। योसँगै क्यानाडालाई पनि यसबारे चेतावनी दिइएको थियो ।

तर, चिनियाँ सरकारले क्यानाडाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोपलाई अस्वीकार गरेको छ । चीनले त्यसमा कुनै चासो नरहेको बताएको छ । सोमबार, ओटावामा चिनियाँ दूतावासले आफ्नो वेबसाइटमा झाओ वेईको निष्काशन आदेशको निन्दा गर्दै एक विज्ञप्ति जारी गर्‍यो। बेइजिङले क्यानाडाको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको चीनले दोहोर्‍याएको छ । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर