भारत छाडेलगत्तै गन्तव्यहीन उडानमा शेख हसिना

काठमाडौं । प्रधानमन्त्री पदबाट राजीनामा दिइर बंगलादेशबाट भारत पुगेकी शेख हसिनाले आज मंगलबार भारत पनि छाडेकी छन् । यनी हिंडन एअरबसमार्फत सोमबार साँझ स्थानीय समयअनुसार भारत अएकी थिइन् ।

सी–१३० ट्रान्सपोर्ट एअरक्राफ्टमार्फत उनी उडेकी र उनको गन्तव्य यकिन हुन सकेको छैन । मिडिया रिपोर्टसका अनुसार उनी बेलायतको लन्डन वा फिनल्यान्ड वा अन्य कुनै देशमा जानसक्ने अनुमान गरिएको छ । यता हसिनाले देश छोडेपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । आन्दोलित विद्यार्थी नेताहरुले प्रधानमन्त्रीमा युनुसको नाम सिफारिस गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर