भारतमा बस दुर्घटनामा २१ जनाको मृत्यु

काठमाडौं । भारतको मध्यप्रदेशको खरगोन जिल्लाको बोराद खोलाको पुलबाट यात्रुबाहक बस ५० मिटर तल खस्दा २१ जनाको मृत्यु भएको छ
दुर्घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । सोही क्रममा अस्पतालमा एक यात्रुको मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालयले मृत्युको पुष्टि गरेको छ ।बसमा २०–२५ जना घाइते भएका छन्। दुर्घटनामा चालक, सहचालक र क्लिनरको पनि मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा नौ महिला, तीन बालबालिका र नौ पुरुष गरी २१ जनाको मृत्यु भएको छ । १० घाइतेलाई इन्दौर रिफर गरिएको छ । २२ घाइतेको खरगोन जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बस श्रीखण्डीबाट इन्दौर जाँदै थियो। दुर्घटना बिहान नौ बजे भएको थियो । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर