बेलायतमा हिंसात्मक प्रदर्शन, आपतकालीन बैठक बस्दै

काठमाडौं । विगत केही दिनदेखि बेलायतका केही शहरहरुमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । प्रदर्शनका क्रममा १ सय ५० जनाभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ । प्रदर्शन दैनिक बढ्न थालेपछि प्रधानमन्त्री केयर स्टारमरले डाउनिङ स्ट्रिटमा आजका लागि आपतकालीन बैठक बोलाएका छन् । प्रधानमन्त्री स्टारमरले रोदरहमको एक होटल आवास शरणार्थीहरूले गरेको आक्रमणको निन्दा गरे ।

साथै हिंसात्मक गतिविधिमा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन प्रतिबद्धता पनि जनाए । प्रहरीले ट्यामवर्थ, मिडल्सब्रो, बोल्टन, हल र वेमाउथ, बेलायतका अन्य भागहरूमा हिंसात्मक घटना भएको जनाएको छ । हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले हिंसात्मक गतिविधिमा संलग्न ठगहरूलाई न्यायको कठघरामा ल्याउन कुनै कसर नराखिने प्रतिबद्धता जनाएका थिए । टेलिभिजन सम्बोधनको क्रममा उनले हिंसात्मक कार्यमा संलग्नहरूलाई चेतावनी दिंदै आन्दोलनकारीले पश्चाताप गर्नेसमेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर