तराईका केही स्थानहरूमा हुरीसहितको वर्षाको सम्भावना

काठमाडाैं ।  कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा  हुरीसहितको वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वअनुमान महाशाखाका अनुसार देशभर केही स्थानहरूमा  मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ साथै कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा  हावा हुरीको पनि सम्भावना रहेको मौसम  विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर