कांग्रेसका सांसद रमेशजंगको असंसदीय भाषण डिलिट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रतिनिधिसभाका एमाले सांसद टोपबहादुर रायमाझीप्रति गरेको असंसदीय शब्द र वाक्यांशलाई संसदीय रेकर्डबाट हटाउन निर्देश गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका टोपबहादुरलाई उनले एमाले अध्यक्ष केपी ओलीको ‘झट्केलो छोरो’ छोरो भन्दै टिप्पणी गरेका थिए।

यता, सांसद रमेशजंगले देशका माननीय हराएका कारण खोजी गरेको स्पष्टीकरण दिए। उनले भने, “‘मैले अस्ति बोल्ने क्रममा देशको माननीय हराएको र सरकारले माननीयलाई खोजिरहेको र बन्धु भएको कारणले धेरै चासो राखेको हो ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर