कमल शाह बने सुदूरपश्चिमको मुख्यमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका कमलबहादुर शाह दोस्रो पटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई आइतबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । शाहले मुख्यमन्त्रीमा नियुक्तिका लागि आजै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।
यसअघि, २०७९ माघ २६ गते पहिलो पटक शाह मुख्यमन्त्री बनेका थिए । बहुमत जुटाउन नसकेपछि गत चैतमा उनले पदबाट राजीनामा दिएका थिए । विश्वासको मत नपाउने निश्चित भएपछि निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर