रातो मत्स्येन्द्रनाथको भोटो जात्रा सम्पन्न

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट जाउलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार राष्ट्रपति पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले मत्स्येन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर