प्रधानमन्त्री र क्यानका पदाधिकारीबिच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार क्रिकेट संघ (क्यान) का पदाधिकारी र खेलाडीसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले बालु्वाटारमै क्यानका पदाधिकारी, खेलाडी र खेलप्रेमी कलाकारसँग छलफल गरेका हुन् । छलफलपछि प्रधानमन्त्री ओलीले आफू उत्साहित भएको बताएका छन् ।

ओलीले आफू प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै त्रिवि क्रिकेट मैदान कीर्तिपुरको स्तरोन्नति गरेको सम्बन्धमा सम्बन्धित प्षलाई स्मरण गराए । छलफलमा क्यानका सचिव पारस खड्का, पुरुष क्रिकेट टिमका खेलाडी, पूर्वक्रिकेटर शक्ति गौचन, कलाकार प्रकाश सपुत, रचना रिमाललगायतका उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर