नेतान्याहुसँग बाइडेन जंगिए : “बकवास कुरा गर्न बन्द गर्नुहोस्”

काठमाडौं । इजरायलले तेहरानमा हमास नेता इस्माइल हनियाको हत्या गरेपछि इरान स्तब्ध छ र अमेरिका पनि दुखी देखिन्छ। शनिबार साँझको एक रिपोर्ट अनुसार राष्ट्रपति जो बाइडेनले बिहीबार प्रधानमन्त्री नेतन्याहुलाई फोन वार्ताका क्रममा भने, “बकवास कुरा गर्न बन्द गर्नुहोस् र मलाई मूर्ख नबनाउनुहोस्।”

स्रोतका अनुसार नेतान्याहुले इजरायलले बन्धकहरूको बदलामा हमाससँग युद्धविराम सम्झौतामा वार्ता अगाडि बढिरहेको र छिट्टै एउटा प्रतिनिधिमण्डल पठाउने बताएपछि बाइडेन क्रोधित भएका थिए । इजरायल र हमासबीच केही महिनादेखि वार्ता चलिरहेको छ । बाइडेनले यसअघि नेतान्याहुले आन्तरिक राजनीतिक कारणले सम्झौतामा ढिलाइ भइहेको बताएका थिए।

नेतान्याहूको कार्यालयले शनिबारको रिपोर्टमाथि प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिसँगको आफ्नो निजी छलफलमा टिप्पणी नगर्ने बताए। विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीले अमेरिकी राजनीतिमा हस्तक्षेप गर्दैनन् र राष्ट्रपतिमा निर्वाचित जोसुकैसँग काम गर्नेछन् र अमेरिकीहरूले पनि इजरायली राजनीतिमा हस्तक्षेप नगर्ने अपेक्षा राख्छन्।”

बाइडेनले २०२४ को राष्ट्रपतीय चुनावबाट बाहिरने निर्णय गरेपछि नेतान्याहुले इरानमाथि हमला गर्ने साहस गरेका छन् । इजरायली अधिकारीले भने, “बाइडेनको वास्तविक एजेन्डा इजरायललाई पूर्ण समर्थन प्रदान गर्नु हो र उनले दशकौंदेखि त्यसो गर्दै आएका छन्। नेतान्याहुलाई यो थाहा छ, त्यसैले उनी इजरायलका शत्रुहरूमाथि आक्रमण गर्न सक्ने कुरामा अझ साहसी र विश्वस्त हुँदैछन्। उनलाई अझै पनि अमेरिकाको पूर्ण समर्थन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर