बंगलादेशको आन्दोलनमा धेरै बालबालिका मारिए : युनिसेफ

काठमाडौं ।  संयुक्त राष्ट्रसंघीय सङ्गठन युनिसेफले बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थी आन्दोलनका क्रममा धेरै बालबालिकाको मृत्यु भएको जनाएको छ ।

बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले बंगलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा कम्तीमा ३२ बालबालिकाको मृत्यु भएको जनाएको हो ।युनिसेफका प्रवक्ताका अनुसार मारिएका बालबालिकामध्ये एक पाँच वर्ष पनि पुगेका थिएनन् । मारिएका अधिकांश प्रदर्शन हेरिरहेका थिए । बीबीसी बंगलाले प्रमाणित गरेको तथ्यांकअनुसार बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका २०० व्यक्तिमध्ये यी बालबालिका पनि पर्छन्।

दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले यस हप्ता बंगलादेशको भ्रमणका क्रममा बालबालिकालाई हिरासतमा राखेको विषयमा पनि आफूलाई सचेत गराइएको बताउँछन्। संगठनले ३२ बालबालिकाको मृत्यु भएको पुष्टि गरेको उनले बताए । संयुक्त राष्ट्रसंघका प्रवक्ताले मृत्यु हुनेमा अधिकांश १३ वर्ष वा सोभन्दा माथिका थिए । एउटा बच्चा पाँच वर्ष मुनिका र एक बच्चा ६ देखि १२ वर्ष बिचका छन्।

बंगलादेशका जुनियर सूचना मन्त्री मोहम्मद अली अराफातले युनिसेफको दाबीबारे सरकारसँग कुनै जानकारी नभएको बताएका छन् ।उनले युनिसेफले यो तथ्याङ्क कहाँबाट प्राप्त गरेको आफूलाई थाहा नभएको बीबीसीलाई बताए । विद्यार्थीहरूले आन्दोलनमा घाइते, मारिएका र गिरफ्तार भएकालाई न्यायको माग गरेका छन् ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर