काभा बिच भलिबल : नेपालको पुरुष र महिला टोली सेमिफाइनलमा

काठमाडौं । नेपालको पुरुष र महिला राष्ट्रिय भलिबल टोली भुटानमा चलिरहेको काभा बिच भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेका छन् । महिला टोली लगातार तेस्रो जितका साथ सेमिफाइनलमा पुग्यो । पहिलो दिन एक खेल जितेको कमला पुन र मनिष चौधरीको जोडीले दोस्रो दिन हिजो थप दुई जितसहित अन्तिम चारमा पुगेको हो । महिला टोलीले हिजोको खेलमा उज्वेकिस्तान र माल्दिभ्सलाई हरायो । उज्वेकिस्तानलाई २१–१७ र २१–१५ ले तथा माल्दिभ्सलाई २१–१४ र २१–१६ ले हराएको हो ।

त्यस्तै पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले दोस्रो दिन हिजो लगातार तीन जित निकाल्दै अन्तिम चारमा पुगेको हो । नेपालले भुटानलाई २१–१४ र २१–२१ ले, उज्वेकिस्तानलाई २१–१५ र २१–१५ ले तथा समूह चरणको अन्तिम खेलमा ताजकिस्तानलाई २१–१३ र २१–१७ ले पराजित गर्‍याे। नेपाली पुरुष टोली आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग २–० को सोझो सेटमा पराजित भएको थियो ।सेमिफाइनल र फाइनल खेल आज हुँदैछ । च्याम्पियनसिपमा पुरुषतर्फ १० र महिलामा ७ टोलीको सहभागिता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर