पोखरा उडेको बुद्ध एअरको विमान काठमाडौं नै फर्काइयो

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट पोखरा उडेको बुद्ध एअरको विमानको इन्डिकेटरमा समस्याको सङ्केत देखिएपछि विमान चालकले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराएका छन् ।

बुद्ध एअरका अनुसार उडान नम्बर ६५५ विमानमा प्राविधिक समस्या आउनासाथ काठमाडौं फर्काउने निर्णय भएको हो । फ्लाइट राडरका अनुसार उक्त विमानले धावनमार्गबाट उड्नासाथ काठमाडौं माथिको आकाशमा करिब तीन राउन्ड लगाएको थियो । पोखरा उडेको उक्त विमान प्राविधिक समस्याले पुनःकाठमाडौं अवतरण गरेको त्रिभुवन विमानस्थलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर