भक्तपुरको कौशलटारस्थित फर्निचर उद्योगमा आगलागी हुँदा २ करोड ६० लाखको क्षति

काठमाडौं । भक्तपुरको  मध्यपुरथिमि नगरपालिका‐३ कौशलटारस्थित अमिनिटी स्कुल नजिकै रहेको शंकर कटुवालको घरमा सञ्चालित एक फर्निचर उद्योगमा शुक्रबार आगलागी हुँदा दुई करोड ६० लाख रुपैयाँबराबरको क्षति भएको छ ।

नाशा इन्टेरियर कम्पनी नामको अल्मुनिएम एवं फर्निचर फ्याक्टरीमा करेन्ट सर्ट भई आगलागी हुँदा कारखानामा रहेका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिएका छन् । भक्तपुर, काठमाडौं र ललितपुरबाट आएका पाँच दमकल, स्थानीयवासी र प्रहरीको प्रयासबाट तीन घण्टापछि आगो निभाइएको थियो । (तस्बिरःसांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर