कक्षा १२ को पूरक परीक्षा भदौ २५ र २६ गते हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड बैठकले आज शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा बढीमा दुई विषयमा नन्ग्रेडेड विद्यार्थीका लागि आउँदो भदौ २५ र २६ गते पूरक परीक्षा हुने भएको छ ।

नियमित परीक्षार्थीका रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ‘डी’ वा त्यो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन्ग्रेडेड वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थी पूरक परीक्षामा सामेल हुन पाइन्छ ।

आजको नतिजाअनुसार कक्षा १२ मा दुई लाख तीन हजार आठ सय ४७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित तर्फका ५२ दशमलव ९१ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । त्यस्तै, एक लाख ८७ हजार विद्यार्थी नन्ग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् । यस वर्ष तीन लाख ९० हजार ८६८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर