शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या वृद्धि, व्यवस्थापनमा चुनौती

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ सङ्ख्यामा वृद्धि भएसँगै व्यवस्थापनमा चुनौती थपिएको छ । क्षेत्रफलको हिसाबले सानो यो निकुञ्जमा बाघ सङ्ख्या ३६ पुगेसँगै व्यवस्थापनमा चुनौती थपिएको हो । हिजो बिहीबार बाघले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हीरा शाहको ज्यान लिएपछि स्थानीय त्रसित छन् । यद्यपि, महिलाको ज्यान लिने बाघ निकुञ्ज वा भारतबाट दोधारा चाँदनी पुगेको हो भन्ने यकिन भइसकेको छैन । बाघलाई निकुञ्जले नियन्त्रणमा लिइसकेको छ ।

सन २०२२ को राष्ट्रिय बाघ गणनाको तथ्याङ्क अनुसार शुक्लाफाँटामा बाघ दोब्बर वृद्धि भई सङ्ख्या ३६ पुगेको छ । यसअघि, सन २०१८ को गणनामा यहाँ १६ वटा बाघ अभिलेख भएका थिए । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाको तथ्याङ्क अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको आहारा प्रजातिको घनत्व प्रति वर्ग किलोमिटरमा १४६.२ रहेको छ । जुन नेपालमा पाटेबाघ पाइने तराईका निकुञ्जमध्ये सबैभन्दा बढी हो । पाटेबाघको आहारा चित्तल हुन । सङ्ख्या बढेसँगै चुनौती थपिएकाले बाघ संरक्षण र व्यवस्थापनका लागि निकुञ्जले पञ्चवर्षीय रणनीतिअनुसार काम गर्ने तयारी गरिरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर