जनस्वास्थ्यसँग खेलवाड नगर्न मन्त्री अधिकारीको आग्रह

काठमाडौं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले खाद्य स्वच्छता तथा गुणस्तरको विषय सङ्घीय सरकारसँग जोडिएको विषय भएकाले यसमा स्थानीय तहले गर्ने काम मात्रै भर परेर नसक्ने पनि सम्बन्धित निकायलाई सचेत गराए । खाद्य स्वच्छता र गुणस्तरको प्रश्नले मन्त्री, सचिवलगायत कृषि मन्त्रालयलाई गाँज्ने गरेको उल्लेख गर्दै उनले त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने आवश्यकता पनि औँल्याए ।
मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरीय सम्बन्धी ऐन कार्यान्वयनमा केन्द्रित हुन पनि मातहतका सबै निकायको ध्यानाकर्षण गराउँदै भने, “जनतामा विश्वास जगाउने गरी परिणाममुखी काम गर्न मन्त्रालयका अधिकारीहरूले विशेष पहल गर्नुपर्नेछ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर