ओली मन्त्रिपरिषदमा तीनजना राज्यमन्त्री थप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनजना राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । आज थपिएका राज्यमन्त्रीहरूमा नेपाली कांग्रेसबाट पूर्णबहादुर तामाङ (कान्छाराम) र रूपा विक तथा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी छन् । योसँगै ओली मन्त्रिपरिषदले पूर्णता पाएको छ।

तामाङ ऊर्जा राज्यमन्त्री, विक वन तथा वातावरण राज्यमन्त्री र चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषदमा तामाङ, विक र चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। उनीहरूको शपथ आजै शुक्रबार नै हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर