पेरिस ओलम्पिक : चीन पदक तालिकाको शीर्ष स्थानमा

काठमाडौं ।  पेरिस ओलम्पिकमा बुधबार रातिसम्म विश्वका ४१ देशले पदक जितेका छन् । पछिल्लो पदक तालिका अनुसार चीनले ९ स्वर्ण, ७ रजत र ३ कांस्यसहित १९ पदक जितेर पदक तालिकामा शीर्ष स्थानमा छ । यस्तै, फ्रान्सले ८ स्वर्ण, १० रजत र ८ कांस्यसहित २६ पदक जितेर दोस्रो तथा जापानले ८ स्वर्ण, ३ रजत र ४ कांस्यसहित १५ पदक जितेर तेस्रो स्थानमा छ ।

पदक तालिकामा चौथो स्थानमा रहेको अस्ट्रेलियाले ७ स्वर्ण, ६ रजत र ३ कांस्यसहित १६ पदक जितेको छ भने बेलायत र दक्षिण कोरियाले समान ६–६ स्वर्ण पदक जितेका छन् । त्यसैगरी, संयुक्त राज्य अमेरिकाले ५, इटालीले ३, क्यानडा, जर्मनी र हङकङले समान २–२ स्वर्ण पदक जितेका छन् भने १६ वटा देशले १–१ स्वर्ण पदक जितेका छन् । दक्षिण एसियाको खेल पावर हाउस भारतले हालसम्म २ वटा कांस्य पदकमा चित्त बुझाउनु परेको छ । नेपालसहित पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान, अफगानिस्तानले एक पदक पनि हासिल गर्न सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर