स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमण नगर्न आग्रह

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ ।

देशको आर्थिक संवेदनशीललाई ध्यानमा राख्दै अहिले तीनै तहका सरकारको बजेट निर्माणको प्रव्रिmया चलिरहेकाले औचित्य पुष्टि हुने अवस्था नभई विदेश भ्रमण नगर्न ७५३ स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई परिपत्र गरेको हो ।

गत फागुन ३० गते बसेको मन्त्रीपरिषद्को बैठकले अत्यावश्यक अवस्थाबाहेक अन्य अवस्थामा विदेश भ्रमण नगर्न सबै स्थानीय तहलाई निर्देशन दिएको थियो । कतिपय भ्रमण तथा कार्यक्रमको आधिकारिता पुस्ट्याइँ हुन नसकेको भन्दै मन्त्रालयले आफूखुसी विदेश भ्रमण नगर्न मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर