सामाजिक सुरक्षा भत्ता लिन माघदेखि ६६ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं ।  सरकारले सामाजिक सुरक्षा भत्ता लिनको लागि ६६ वटा जिल्लामा माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । यसअघि साउन १ गतेदेखि नै अनिवार्य गर्ने निर्णय भएकोमा त्यसलाई संशोधन गर्दै माघ १ गतेदेखि लागू गर्न लागिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

विभागले निर्णय कार्यान्वयनका लागि ६६ जिल्लाका पालिकाहरुलाई  पत्राचार गरेको छ। यसअघि पहिलो चरणमा साउनदेखि अनिवार्य लागू गर्न खोजिएको २८ र दोस्रो चरणमा माघदेखि लागू गर्न खोजिएको ३८ गरी ६६ जिल्लाका पालिकाहरुलाई पत्राचार गरेर प्रक्रियाका बारेमा जानकारी गराइएको विभागले जनाएको छ ।

विभागकाअनुसार सामाजिक सुरक्षा कार्ड नवीकरणका लागि पुस मसान्तभित्र परिचयपत्रको बायोमेट्रिक रुजु गर्नुपर्छ । परिचयपत्र वा त्यसको नम्बर प्राप्त गरिसकेकाले सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्दा अनिवार्य रूपमा बायोमेट्रिक रुजु गर्नुपर्नेछ । परिचयपत्र वा त्यसको नम्बर नभएमा सम्बन्धित व्यक्तिले परिचयपत्रका लागि फोटो खिच्ने र बायोमेट्रिक दिने काम नै नगरेको वा नम्बर हराएको स्वघोषणा गर्नुपर्ने विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर