राष्ट्रपति पौडेलद्वारा तीन प्रदेश प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को गत साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले तीन वटा प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।

बागमती प्रदेश प्रमुखमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशी नियुक्त भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर