हरिबोल गजुरेल माओवादीबाट अलग भए ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। गजुरेलले पार्टी नेतृत्वबाट भएका ६ वटा ‘गल्ती’ औंल्याउँदै साउन १४ गते लिखित राजीनामा पेस गरेका हुन्। उनको राजीनामाबारे माओवादी नेतृत्वले हिजो मात्र बैठक सम्पन्न गरे पनि केही पनि बोलेको छैन । गजुरेलले राजीनामा पत्रमा माओवादीका सम्पूर्ण पदाधिकारी सामूहिक राजीनामा दिनसमेत आह्वान गर्दै पार्टीकोयस–अपयसमा आफू पनि भागीदारी रहेकाले प्रायश्चित पनि गरेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर