“म लिम्बु र म राई भनेर बिथोल्ने काम भएको छ”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रगतिशील शक्तिविरुद्ध विभिन्न खालका तत्वहरु एकजुट हुँदै गएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको सोमबार आयोजित पूर्ण बैठकमा ओलीले भने, ‘प्रगतिशील आन्दोलनविरुद्ध उनीहरु संगठित भइरहेका छन्। हाम्रो आन्दोलन र पार्टीलाई पटकपटक ध्वस्त गर्न खोजियो । कहिले पार्टी कब्जा गर्न खोजियो त कहिले आन्दोलनमाथि झूटा आरोप लगाउन खोजियो।’

उनले अहिले पनि पहिचानको राजनीतिका नाममा जातको राजनीति भइरहेको दाबी गर्दै भने, ‘हामीले अब सबैभन्दा लोकप्रिय संगठनका रुपमा आन्दोलनलाई अघिबढाउनु पर्छ । ‘तर अहिले जनताको विकासको राजनीति होइन, वल्लो घर र पल्लो घरमा लडाउने काम भएको छ। म लिम्बु र म राई भनेर बिथोल्ने काम भएको छ।’
ओलीले पहिचानका नाममा अर्कै आन्दोलन भइरहेको बताउँदै भने, ‘पहिचानको राजनीति भनेर जातीय आन्दोलन गर्दैछ। समग्र जनताको हितमा होइन, पहिचानको राजनीतिका नाममा नेपाली जनतालाई विभाजित गर्ने काम हुँदैछ।’

ओलीले स्कुल बनाऊँ भन्दा जातैपिच्छेको खोज्न थालिएको उल्लेख गरे । उनले प्रस्ट पार्दै भने, ‘स्कुल बनाऊँ भन्दा तामाङ विद्यालय, लिम्बु विद्यालय र क्षत्री विद्यालय खोज्दै हिँड्न थालेका छन् । हामी चाहन्छौँ सबै जातिको उत्थान हुनुपर्छ। सबै जातिका जनताले भाषा बोकेको र बोलेको हुन्छ । जसलाई सम्मान गर्नुपर्छ। सबैको उत्थान गर्न हामी चाहन्छौँ तर अहिले पहिचनाका नाममा जातजाति भिडाउन खोजिँदैछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर