पृथ्वी राजमार्गको दर्जनौं स्थानमा पहिरो, गाडी चलाउन सकस

काठमाडौं । पृथ्वी राजमार्गको दर्जनौं स्थानमा पहिरो खसेपछि सवारी आवागमनमा समस्या उत्पन्न भएको छ । हिजो रातिदेखि परेको अविरल वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा ठूला र स–सना पहिरो गएको छ । कतिपय स्थानमा सवारी एकतर्फी मात्रै सञ्चालनमा छ भने राजमार्गको गल्छी गाउँपालिकास्थित बैरेको सिम बजार जलमग्न भएको छ ।

रातको समयमा परेको वर्षाले गर्दा खोलामा पानीको बहाव बढेको र सडकमा पानी जमेपछि बजारसमेत जलमग्न भएको छ । अहिले पृथ्वी राजमार्गहुँदै संघीय राजधानी प्रवेश गर्ने र राजधानीबाट तराईका जिल्लाहरुमा जान निस्किएका यात्रु र मालवाहक सवारीसाधन निकै कष्टप्रद तरिकाबाट सञ्चालन गरिएको छ । सडक पहिरोको जोखिममा रहेको छ भने जथाभावी खनिएको सडकका कारण खाल्टाखुल्टीले दुर्घटनाको पनि उत्तिकै खतरा बढेको प्रहरीको भनाइ रहेको छ । राजमार्गमा खसेको पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरिक्षक रविन्द्र श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर