कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

आज दिउँसो देशभर साधारणतया बदली रही सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर