नेकपा माओवादी आगामी निर्वाचनमा एक्लै लड्ने निर्णय

काठमाडौं ।  नेकपा माओवादीले आगामी निर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । पार्टीको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । विगत पाँच दिनेदेखि बस्दै आएको पदाधिकारी बैठकले आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने र त्यसको तयारीको लागि जनतामा जाने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनले भने, ‘आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने तयारी गर्नुपर्छ । गठबन्धनभित्र अरू पार्टीहरूलाई पनि सन्तुलन गर्नुपर्ने हुँदा हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा जनतामाझ लाने मौका मिलेको थिएन । अब जनतामा जाने निष्कर्षमा पुगेका छौँ ।’

यस्तै, उनले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रूपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने र संख्या कम भए पनि त्यसलाई गुणात्मक बनाउने निर्णय पनि भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर