भक्तपुरको गडेधारा टोलका करिब ३० घर डुबानमा

काठमाडौं । ​भक्तपुरको ​सूर्यविनायक नगरपालिका‐ ५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको घर डुबानमा परेर अन्दाजी ३० लाखभन्दा बढी क्षति भएको छ ।

स्थानीय वासिन्दाका अनुसार घरको भुइँतलाका भान्सादेखि सुत्ने कोठामा समेतमा पानी पसेपछि लत्ताकपडा, खाद्यान्न, ओछ्यान र इलेक्ट्रिक सामानमा क्षति पुगेको छ । साथै टोलमा रहेको नौ वटा गाडी र २० भन्दा बढी मोटरसाइकलसमेत डुबेका छन् । गडेधारा टोल क्षेत्रमा बस्ती बढेको र खोला साँघुरिएपछि हरेक वर्ष बाढी बस्तीमा पस्ने गरेको छ । स्थानीयले नदी नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर