टोपबहादुर रायमाझीलाई खोज्न ७७ वटै जिप्रकालाई सर्कुलर

काठमाडौं । नेपाल प्रहरीले नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई खोज्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर गरिएको छ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा उनलाई प्रहरीले विगत एक सातादेखि फरार व्यक्तिको सूचीमा राखेर पक्राउ पूर्जी जारी गरेको थियो । रायमाझी भाागेर भारततिर लागेको आशंकामा प्रहरी विशेष टोली पनि परिचालन गरेको बुझिएको छ ।
यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन्।

एमाले नेता रायमाझीका छोरा सन्दीप, सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ुबादलु का सुरक्षा सल्लाहकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ परेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर