केरलाको वायनाडमा पहिरोमा परेर ४१ जनाको मृत्यु

काठमाडौं । भारतको केरला राज्यको वायनाड जिल्लामा भारी वर्षापछि गएको पहिरोमा परेर हालसम्म ४१ जनाको मृत्यु भएको छ। पहिरोमा ४०० मानिस बेपत्ता भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएकाछन् । वायनाडमा भारी वर्षाका कारण सोमबार राति नै ४ ठाउँमा पहिरो खसेको थियो । पहिरोबाट ४ वटा गाउँ डुबानमा परेका छन् । सो क्षेत्रका घर, पुल, सडक र सवारीसाधन पनि बगेका छन् । हालसम्म ७० जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

उद्धारका लागि एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा खटिएका छन्। कन्नूरबाट मेडिकल टिमसहित २ सय २५ जना सेनाका जवानलाई वायनाड पठाइएको जनाइएको छ। साथै वायुसेनाका दुई हेलिकप्टर पनि उद्धार कार्यमा जुटेको छ। वायनाडका ४ वटा गाउँ मुन्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुझामा पहिरो गएको हो । पाँच वर्षअघि २०१९ मा सोही गाउँमा पहिरोमा परेर १७ जनाको ज्यान गएको थियो । सो समयमा पहिरोमा परेर हराएका ५ जना अहिलेसम्म फेला परेका छैनन् ।

भीषण वर्षाका क्रममा बिहान करिब १ बजे मुण्डक्काई टाउनमा पहिलो पहिरो गएको हो । मुण्डक्काईमा उद्धार कार्य जारी नै रहँदा बिहान ४ बजे चुरलमालास्थित विद्यालय नजिकै दोस्रो पहिरो खसेको एबीपी समाचारमा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर