नौ जना इजरायली सैनिक पक्राउ

काठमाडौं । हिरासत शिविरमा प्यालेस्टाइनी बन्दीलाई दुर्व्यवहार गरेको आरोपमा इजरायलको सेनाले सैनिकहरुमाथि अनुसन्धान सुरु गरेको छ । नौ जना इजरायली सैनिकलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताइएको छ ।

इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारले शिविरमा राखिएको प्यालेस्टिनी बन्दीमाथि दुर्व्यवहार हुँदा यौनाङ्गमा गहिरो चोट लागेको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । फिजिशियन्स फर ह्युमन राइट्स–इजरायलका अनुसार इजरायली सेनाले मानवअधिकारको उल्लङ्घन गरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर