पूर्वी नवलपरासीमा ७ क्विन्टल गाँजासहित दुई जना पक्राउ

काठमाडौं ।  पूर्वी नवलपरासीमा जिल्ला प्रहरीले कार्यालयले ७ क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको देवचुली नगरपालिका-२ हमालचोकबाट भारतीय नम्बरको एनएल ०१ ५५४४ नम्बरको कन्टेनरमा फल्स बटम बनाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक नरहरी रेग्मीले २४ वटा बोरामा प्याकिङ्ग गरेर राखिएको ७ सय २० किलो गाँजा बरामद गरेको बताए । गाँजासहित सोही कन्टेनर चालक राप्ती नगरपालिका(२ का २३ वर्षीय मदन लामा र ३२ वर्षका सन्तोष लामा रहेका छन् । गाँजा बोकेर हिंडेको कन्टेनरलाई पछ्याउँदै मध्यविदु नगरपालिकाको चोरमाराबाट रजहरसम्म पक्राउ परेका ब्यक्तिहरुले कन्टेनर लगेर राखेको प्रहरीले जनाएको छ ।

गाँजा कहाँबाट कसरी आयो र यसमा संलग्न व्यक्तिहरुको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ठूलो मात्रामा लागूऔषध फेला परेपछि यसमा ठूलै गिरोहका संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर