पहिरोबाट नागढुङ्गा-नौविसे सडक खण्ड अवरुद्ध

काठमाडौं । आज मंगलबार बिहान खसेको पहिरोका कारण त्रिभुवन राजपथ नागढुङ्गा-नौविसे सडक खण्ड अवरुद्ध भएको छ । धुनीवेशी नगरपालिकास्थित वडा–९ खत्रिपौवा भन्ने स्थानमा अविरल वर्षाका कारण सुरुङ्ग मार्ग नजिकै लोदोसहितको पहिरो आउँदा सडक बिहानदेखि दुबैतर्फ बन्द भएको छ ।

सडक अवरुद्ध कारण राजधानीबाट बाहिरिने र राजधानी प्रवेशका लागी आएका सवारीसाधन रोकिएका छन् । पहिरो पन्छाउने प्रयास भइरहेको छ । लेदोसहितको पहिरो भएकोले पन्छाउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । (तस्बिरः प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर