गोरखाको धार्चेमा पहिरोले पुरिएका चारजनाको शव फेला

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–५ गुम्दाको रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएकामध्ये चार जनाको शव फेला परेको छ । नान्सेन सामुदायिक वनबाट आइतबार बिहान करिब ३ बजे झरेको लेदोसहितको पहिरोले जितबहादुर गुरुङको कृषि फर्मसहित एक घर बगाउँदा बेपत्ता भएका पाँच जनामध्ये चार जनाको शव सोमबार फेला परेको हो ।

जितबहादुरसहित उनको ६० वर्षका बुवा सुलाल कान्छा गुरुङ, उनकी श्रीमती ३५ बर्षकी कान्छी गुरुङ र सिङ्लाका ३३ वर्षीय रमेश गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सुरक्षाकर्मीसहित स्थानीयले बेपत्ताको खोजीका क्रममा सोमबार दिउँसो पौने १ बजेदेखि पौने ३ बजेसम्ममा सुलाल, जितबहादुर र रमेशको शव घटनास्थलबाट २० देखि ३० मिटरको दूरीमा फरक फरक ठाउँमा पुरिएको अवस्थामा फेला परेको डिएसपी रमेशकुमार श्रेष्ठले बताए । कान्छीको शव गण्डकी गाउँपालिका वडा नं।८ बर्खेघाट स्थित त्रिशूली नदीको किनारमा फेला परेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर