मन्त्री राजीव गुरुङमाथि कारबाही गर्न माग

काठमाडौं ।  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दीपक मनाङे) पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिएकाले उनीमाथि कारबाही गर्न पत्रकारहरुले माग गरेका छन् ।

संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइरालाले मनाङेलाई कारबाहीको माग गर्दै सोमबार कार्यबाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई ध्यानाकर्षण पत्र बुझाए । मनाङेले आइतबार भेष्ट लगाएर कार्यकक्षमा बसेको फोटो खिच्ने पत्रकारलाई कुट्नुपर्ने भनेर अभिव्यक्ति दिएका थिए । गुन्डा पृष्ठभूमिबाट राजनीतिमा आएका उनको पुरोना बानी भने अझै नगएको पत्रकारहरुले बुझेका छन् ।

राइड शेयरिङलाई बन्द गर्नुपर्ने मागसहित यातायात व्यवसायीले आइतबार सार्वजनिक सवारी बन्द गरेका थिए । सो विषयको रिपोर्टिङ गर्न पुगेका दुई पत्रकारलाई यातायात मजदुरले कुटपिट गरेपछि मन्त्रीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारलाई मनाङेले दुई जनालाई नभई पत्रकार अमृत सुवेदीलाई कुट्नुपर्ने अभिव्यक्ति दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर