रविले गरे फाइल खोल्ने र बन्द गर्ने व्याख्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले भ्रष्टाचारको फाइल आफूले खोल्ने प्रयास गरेको बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले बन्द नहुँदै जिउँदै रहेको फाइललाई गाड्न खोजिएकाले आफूहरूले त्यसलाई नै पुनः खोल्न प्रयास गरेको बताएका हुन् ।

उनले भने, ‘हिजो यहाँ कुरा आयो फाइल हामीले खोलेका हौँ, तिमीहरूले खोलेको होइनौं भनेर। ठीक छ, तपाईँहरूले नै खोल्नुभएको हो, हामीलाई जस चाहिएको छैन । काण्ड पनि हामीहरूले नै हो गरेको हो भन्दिएको भए राम्रो हुन्थ्यो । ३० औँ वर्षमा यी काण्डहरू नि आफैँले गरेको हो । फाइल तपाईँहरूले नै खोल्नुभएको हो । तर बन्द नहुँदै जिउँदै रहेको फाइललाई तपाईँहरूले गाड्न खोज्नुभयो । जसमा प्रमाण थियो । त्यसलाई नै पुनः हामीले खोल्न प्रयास गरेका थियौं।’

लामिछानेले आफू केही समय नबोलौँ भनेर चुप लागेर बसेको भए पनि पछिल्लो समय सदनमा आफूमाथि लागेको आरोपबारे स्पष्ट पार्नुपर्ने अवस्था आएको धारणा राखे । भ्रष्टाचारको फाइल खुल्ने विषयमा आफूलाई जस नचाहिएको उनले बताए ।

उनले कैलाश सिरोहियाको नागरिकता प्रकरणमा अझै पनि अनुसन्धान जारी रहेको, बाँसबारी छालाजुत्ता कारखानाको विषयपनि अझैसम्म अनुसन्धानमा रहेको जिकिर गरे । आफू गृहमन्त्री हुँदा भएको अनुसन्धानलाई पूर्वाग्रह साधेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले त्यसप्रति गम्भीर ध्यानाकर्षण गराउन खोजेको समेत बताए ।

लामिछानेले केही समयअघि सहकारी-बन्धु भनेर भाषा प्रयोग गर्नेले उक्त भाषा बन्द गरेको हेर्न नचाहेको तर्क गरे । त्यसका साथै स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बाल मन्दिर हुँदै टीकापुर हिँडेको नक्कली भुटानीबन्धु भन्ने आँट गर्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर