त्रिशूलीमा बेपत्ता १९ किलोको चुम्बक फेला पर्‍यो

काठमाडौं । त्रिशूलीमा बेपत्ता दुईवटा बस खोज्ने क्रममा हराएको चुम्बक र ट्युब फेला परेको छ । नारायणगढ मुग्लिन सडकको सिमलतामा गएको असार २८ गते पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस खोजी गर्नका लागि भारतबाट ल्याइएको १९ किलोको चुम्बक दुई दिनअघि त्रिशूलीमा हराएको थियो ।

सो चुम्बक सोमबार चितवनको काभ्रेघाटमा फेला परेको हो । गत असार २८ गते वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर