पोखरामा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं ।  पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा एक जनाको  मृत्यु भएको छ। मृत्यु हुनेमा विद्यालयकी सहयोगी आरती विक रहेको प्रहरीले जनाएको छ । विद्यार्थी लिएर सोमबार बिहान फर्कँदै गरेको एलपी देवकोटा मेमेरियल स्कुलको बस पोखरा-१७, फुस्रेखोलानेर दुर्घटना भएको हो।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सोमबार बिहान स्कुल बस दुर्घटनामा परेकाे जानकारी दिए। घाइतेहरूको अहिले पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बसमा चालक र सहचालक गरी २४ जना थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर