प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपंक्षी विकाससम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

बैठकमा सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ। हिजो प्रतिनिधिसभाको बैठक बसिरहँदा गणपूरक संख्या नपुगेर बैठक स्थगित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर